+
+

एसियन गेम्सको महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १९:२२

५ भदौ, काठमाडौं । एसियाली खेलकुदको महिला फुटबलमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ ।

चीनको हाङझाउमा भएको खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको हो ।

खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो ।

भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।

यसअघि भियतनासँग दुई पटक खेलेको नेपाल लगातार तेस्रो पटक पराजित भएको हो ।  पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल रहेको यो समूहमा पूर्व विश्वविजेता जापानसहित बंगलादेश पनि छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?