+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विश्वशान्ति दिवसका अवसरमा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते २०:३२

४ भदौ, काठमाडौं । विश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता सतपाल जी महाराजको ७३ औं जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समितिले रक्तदान कार्यक्रम गरेको छ ।

‘रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान’ भन्ने उद्घोषका साथ समितिले देशभर रहेका शाखा आश्रमहरूमा रक्तदान गरेको थियो । जसमा छ सय ८२ जनाले रक्तदान गरेका समितिले जनाएकोछ ।

मानव धर्म आश्रम गौशालामा १३५ , भेरी क्षेत्र आश्रम नेपालगञ्जको आयोजनामा दाङ र नेपालगञ्ज आश्रम परिसरमा ११३ जनाले रक्तदान गरेका छन् ।

लुम्बिनी श्रेत्र आश्रममा ७८ जना, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४ जना,  मेची क्षेत्र आश्रममा ५५ जना, गाइघाट आश्रममा ३७ जना, नारायणघाट आश्रममा ५८ जना, हेटौंडा अश्रममा ५६ जना र चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?