+
+

कविता : लामो दूरीको सम्बन्ध

सुरेश राई सुरेश राई
२०८० असोज ६ गते १२:०६

मेरो पीर गर्ने मान्छे तिमी

म दुख्दा साथमै हुनु पर्थ्यो

टाढाबाट फुकेर तिमीले

मेरो घाउ कसरी जाती हुन्थ्यो

यो चारभित्ते जो कोठा छ

मलाई छेकेको छ या थुनेको

यो चार खुट्टे जो शय्या छ

मलाई बाँधेको छ कि राखेको

म आँखा मिच्दै उठ्ने बेलामा

तिमी आँखा मिच्दै सुत्ने बेला हुन्छ

परिस्थितिले तोकेको समयमा

म  के बोलूँ ,के कहूँ , छोटो हुन्छ

गोलो छ भन्छन् यो पृथ्वी

सकिएन कर्मको रेखा मेट्न

भाँच्चिएकै स्यान्डल लाएरै पनि

बतासिँदै आउँथ्यौ  म भेट्न

मेरो ख्याल राख्ने प्रियसी तिमी

म ढल्दा छेउमै हुनु पर्थ्यो

टेलिफोनबाट रोएर तिमीले

मेरो जलन कसरी शीतल हुन्थ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?