+
+

‘पशुपति प्रसाद २- भष्मेडन’को गीत ‘प्रेम शरणम’ : स्वस्तिमालाई फकाउँदै बिपिन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १८:१७

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को नयाँ गीत ‘प्रेम शरणम’ युट्युवमा सार्वजनिक भएको छ । दशैं छेकोमा कार्तिक ४ गते प्रदर्शन तयारीमा रहेको फिल्मको दोस्रो गीतमा शीर्ष कलाकारहरु बिपिन कार्की र स्वस्तिमा खड्का फिचर्ड छन् ।

रोमान्टिक र कमेडी शैलीमा तयार पारिएको गीतमा प्रेमभाव व्यक्त गरिएको छ । यो गीतले फिल्मको महत्वपूर्ण पाटोलाई खुलासा गर्छ । जसअनुसार भष्मे डनको पात्रले स्वस्तिमाको पात्रलाई मन पराउँछ र पछ्याउँछ ।

निर्माताले यसअघि फिल्मको छायांकन सेटबाट बिपिन र स्वस्तिमाको ‘भष्मेडन’ लुक्स सार्वजनिक गरिसकेका छन् । कृष्ण भारद्वाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बासकोटा र स्वस्तिका ढकालको स्वर समावेश छ ।

प्रवीण सिंहको नृत्य निर्देशन र नीरज कँडेलको छायांकन छ । व्यवसायिक र समीक्षात्मकरुपमा रुचाइएको पशुपति प्रसाद २ को यो पहिलो स्पिनअफ फिल्म हो । जसअनुसार कथावस्तु भष्मे डनको पात्रमा आधारित छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि खगेन्द्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?