+
+

राजेशपायल, प्रविशा र सुनिताको स्वरमा म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते ११:०९

काठमाडौं । कार दुर्घटनामा परी निधन भएका संगीतकर्मी सुरेश केरुङको कथामा आधारित गीत ‘हे दैव’ सार्वजनिक भएको छ । म्युजिकल फिल्म भनिएको गीतमा राजेशपायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर समावेश छ । गीतमा विक्रम साम्पाङको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेन्ज छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वर्गीय केरुङको परिवारले गीति भिडियो सार्वजनिक गरेको हो । सांगीतिक क्षेत्रमा भविष्य बनाउन अघि बढिरहेको समयमा अमेरिकामा कार दुर्घटनामा परी केरुङको गत वर्ष २६ वर्षको उमेरमा निधन भएको थियो । उनी भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगी शिविरबाट अमेरिकाको एटलान्टा पुगेका थिए ।

केरुङको परिवारसँग निकट भएका गायक राजेशपायल राईगीत सार्वजनिक कार्यक्रममा भक्कानिए । सुरेशसँगका पल सम्झिंदै राजेशपायलले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए ।

२० मिनेट लामो यो म्युजिकल फिल्मलाई देवजंग थापाले निर्देशन गरेका हुन् । भिडियोमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीले अभिनय गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विवेक उप्रेतीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?