+
+

नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटीबीच सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १७:४१

७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटूबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे समेत चेम्बरले उच्चस्तरिय छलफल गरेको छ ।

सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरे ।

अध्यक्ष मल्लले भने, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’

सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण हुने उनको भनाइ छ ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिए ।

नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवम् चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्वपूर्ण भएको बताए ।

नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युत् लगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको उनले बताए ।

सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्ल सहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?