+
+

सरुको घुँडाको सफल शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १८:४७

७ असोज, हानझाउ । १९औं एसियाली खेलकुदमा भियतनाम विरुद्ध पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर सरु लिम्बुको घुँडाको सफल शल्यक्रिया भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरुको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा सरुको घुँडाको सफल शल्यक्रिया भएको हो ।

वेन्झो ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शुक्रबार भएको भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा घाइते भएपछि उनले ३५औं मिनेटमा मैदान छाडेकी थिइन् ।

मैदानमा लड्दा सरुको एसीएल र मिनिस्कस (घुँडाको मांसपेशी) च्यातिएको थियो ।

एसियाडमा डेब्यु गरेको नेपाल महिला फुटबलमा भियतनासँग २-० ले पराजित भएको थियो । अब सरुले एसियाडको बाँकी खेल गुमाउने छिन् । सरुले अब ६ देखि ९ महिनासम्म मैदान बाहिर रहनेछिन् ।

‘मैदानमा ल्यान्डिङ गर्दा नमिल्दा उनी घाइते भएकी हुन् । सुरुमा लिगामेन्ट च्यातिएको जस्तो लागेको थियो । तर अस्पतालमा उनको एसिएल र मिनिस्कस नै च्यातिएको देखियो । अनी हामी यतै शल्यक्रिया गर्ने निर्णय गर्‍यौं’, राष्ट्रिय टिमकी फिजियो नविना श्रेष्ठले भनिन् ।

‘शल्यक्रिया राम्रो भएको छ र अस्पतालमा पनि राम्रो सुविधा रहेको छ । आजैदेखि फिजियोथेरापी समेत सुरु भएको छ’, लामो समयदेखि फिजियोको रुपमा काम गर्दै आएकी नविनाले भनिन् ।

यसअघि पनि महिला टिमका धेरै खेलाडीहरु घाइते हुँदा उनले हेरेकी थिइन् । सावित्रा भण्डारी, समीक्षा घिमिरे, विमला विक, हिरा भुजेल, पुजा राना, प्रिती राई, गिता रानाले चोटपछि पुनरागमन गर्दै खेलिरहेका छन् ।

नविनाले सरुको पनि सावित्राकै जस्तो चोट भएकोले कुनै ढिला नगरी चीनमै शल्यक्रिया गरेको बताइन् ।

नेपालले समूह डी अन्तर्गत दोस्रो खेल सोमबार जापानसँग खेल्नेछ । नेपाल र जापानबीचको खेल नेपाली समयानुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?