+
+

साफ यू-१९ फुटबलमा नेपालले आज माल्दिभ्सलाई जित्नै पर्ने दबाब

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १२:१९

८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा आज सोमबार नेपालले माल्दिभ्ससँग खेल्दै छ । दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ ।

दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानले बराबरी खेलेका थिए । नेपाल बिहिबार पाकिस्तानसँग १–० ले पराजित भएपछि आजको खेलमा नेपाललाई दबाब बनेको हो ।

समुह एमा रहेको पाकिस्तान २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

माल्दिभ्ससँग विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था भने नेपाल समुह चरणबाटै बाहिरिने छ ।

समूह बी अन्तर्गत आज दोस्रो खेल भारत र भुटान बिच ५ः३० मा हुनेछ । यी दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४–३ को गोल अन्तरले हराएको थियो ।

सेमिफाइनलका खेलहरु बुधबार र फाइनल शनिबार हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?