+
+

बास्केटबलमा नेपाल जापानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १३:१७

८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ ।

समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार दिउँसो भएको खेलमा नेपाल जापानसँग २२-४ ले पराजित भएको हो ।

नेपालको लागि गरिसा सिलवालले र  मिना गुरुङले २-२ अंक स्कोर गरिन् ।

एसियन गेम्सको वरीयतामा जापान दोस्रो वरीयतामा थियो भने नेपाल १५औं वरीयतामा थियो ।

जापानको लागि मायु लुसी कुबोताले सर्वाधिक १२ अंक स्कोर गरिन् ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाइ थ्री मा लगातार दोस्रो पटक खेलेको हो ।

श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?