+
+

आईएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्‍‍गा डेलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १४:४४

काठमाडौं । शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।

ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकलाई बैंकमा उपस्थित नभइकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे ।

आगामी दिनहरुमा शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

सन् २००१ मा स्थापित आईएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?