+
+

सुनको मूल्य तोलामा ८ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १२:३८

१० असोज, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य घटेर आज १३ सय ८५ रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?