+
+

विद्युतबाट युरिया मल उत्पादन सम्भाव्यता अध्ययनको जिम्मेवारी मलेसियन कम्पनीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १९:३१

१० असोज, काठमाडौं । नेपालमा युरिया मल कारखाना खोल्नेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेसियन कम्पनी बीच सम्झौता भएको छ ।

तनहुँको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको विद्युतीय ऊर्जाबाट चल्ने यस्तो कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि मलेसियाको रिन्कोलास्डन बीएचडी कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ ।

विद्युतीय ऊर्जायुक्त प्रविधि इलेक्ट्रोलाइसेस विधिबाट युरिया मल उत्पादन गर्न सकिनेबारे विस्तृत अध्ययन गरिने बोर्डले जनाएको छ ।

बुधबार एक कार्यक्रमका बीच बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट र रिन्कोलास्डन बीएचडीका म्यानेजिङ डाइरेक्टर बोउम्हीदी अब्डेलालीले सझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारीअनुसार कम्पनीले २ वर्ष भित्र परियोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन बोर्डलाई बुझाउनु पर्नेछ ।

वार्षिक करिब ९५ हजार ६ सय मेट्रिकटन ग्रीन एमोनिय र २ लाख ८६ हजार ९७५ मेट्रिकटन यरिया उत्पादन गर्ने क्षामताको रहने उद्योगमा ३४ अर्ब ६५ करोढ बढी नोपली रुपैयाँ लगानीको प्रस्ताव छ ।

मलेसियको कम्पनीले २०७९ पुसमा सम्भाव्यता अध्ययनका लागि प्रस्ताव पेश गरेको थियो ।
लगानी बोर्डको ३० चैत २०७९ को बैठकले अनुमति पत्र प्रदान गर्ने निर्णय गरेको थियो भने अध्ययनको मस्यौदा गत ८ भदौमा स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?