
११ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक रिहा भएका छन् ।
गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
अरुणकुमार झाले फेसबुकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ ।
पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4