
११ असोज, काठमाडौं । केन्द्रीय कार्यालय च्यासलमा जारी बागमती प्रदेश अधिवेशनमा काभ्रेबाट प्रतिनिधित्व गर्नेगरी २० जना सर्वसम्मत प्रदेश सदस्य चयन भएका छन् ।
काभ्रे–१ बाट दिलिप तामाङ, जितबहादुर राजामगर र गीता बञ्जरा चयन भएका छन् । काभ्रे–२ बाट हरिशरण दाहाल, कञ्चन अधिकारी र राजकुमारी वैदार सर्वसम्मत चयन भए ।
युवाबाट राकेश लामा र बिमला सञ्जेल, दलितबाट गीता सुनुवार चयन भइन् ।
खुलातर्फबाट इन्द्र तामाङ, ठाकुर बास्कोटा, चुडामणि गौतम, कुमार तिमल्सिना, विदुरप्रसाद सापकोटा, नोर्वु लामा, टुल्कु लामा, रमेश पौडेल, मञ्जु गौतम, डा.अम्बुभवानी कार्की र अम्बिका हमाल सर्वसम्मत भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4