+
+

१९औं एसियाली खेलकुद : आयोजक चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै

रासस रासस
२०८० असोज १२ गते ७:३४
महिला ५० मिटर फ्रिस्टायल स्विमिङमा स्वर्णपदक विजेता चिनियाँ खेलाडी झाङ युफेई ।

१२ असोज, हाङझाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६१० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा छ ।

यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्यसहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ ।

चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्यसहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् ।

नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?