+
+

भ्वाइस अफ नेपाल सिजन-५ शुक्रबारदेखि, ब्लाइण्ड अडिसनमा १२० जना ट्यालेन्ट भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:१२

काठमाडौं । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ शुक्रबारदेखि सुरु हुँदैछ । हिमालय टिभीमा बेलुका ८ बजे प्रसारण हुने शोले लामो नेपाली म्युजिकल रियालिटी शोको रेकर्ड पनि राख्नेछ ।

केही नियममा हेरफेरसहित प्राविधिक रुपमा भव्य तुल्याइएको पाँचौं शोलाई लिएर दर्शकमाझ व्यापक पर्खाइ छ । १२० जना प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन् । त्यसपछि ब्याटल र नकआउट चरण प्रसारण हुनेछन् ।

पाँचौं सिजनमा उदय सोताङ, राजेशपायल राई, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन् । यो सिजनबाट सोताङ र नेवार कोचको रुपमा भित्रिएका छन् । बिहीबार गरिएको प्रिमियरमा यो शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको छ । सेट, ध्वनि, प्रकाशसहितका पक्षमा शोले राम्रो समीक्षा प्राप्त गरेको छ ।

धरानका रिजेन लोहनी पाँचौं सिजनको पहिलो प्रतिस्पर्धी बन्नेछन् । उनको रक प्रस्तुतिसँगै सिजनको सुरुवात हुनेछ । यसपटक पनि नेपाल, भारतसहित मुलुकका प्रतिस्पर्धीलाई देख्न पाइनेछ ।

यसपटक ‘ब्लक्ड’को नयाँ नियम थपिएको छ । एउटा कोचले अको कोचलाई कमजोर बनाउन र आफूलाई बलियो बनाउन यो नियम थपिएको जनाइएको छ । नकआउट राउण्डमा एकैपटक नौ जनाले गायकी प्रस्तुत गर्नेछन् ।

पाँचौं सिजन पनि प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?