+
+

एसियाडको ह्यान्डबलमा नेपालको लगातार तेस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १५:०५

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ ।

जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो ।

अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन ।

यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० र दोस्रो खेलमा जापानसँग ६२-१० ले पराजित भएको थियो ।

अब समूहको अन्तिम खेलमा नेपालले शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?