+
+

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १७:२७

१२ असोज, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?