+
+

महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १३:२७

१३ असोज हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको छ ।

पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनाम विरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो ।

देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५-४, २५-१६, २५-१३ ले पराजित गरेको हो ।

पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि मात्र नेपालले पहिलो अंक जोडेको थियो ।

दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न सकेन । तेस्रो सेटमा नेपालले सुरुमै लगातार ३ अंक जोड्दै अग्रता लिएपनि त्यो लय काम राख्न सकेन । त्यसपछि भियतनामले लगातार ७ अंक जोड्दै नेपाललाई पछि पारेको थियो ।

नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसअघि नेपालले २०१९ मा नेपालमै भएको १३औं सागमा रजत पदक जितेको थियो भने एभिसी सेन्ट्रल जोनमा दुई पटक स्वर्ण जितेको थियो ।

यसै वर्ष वैशाखमा नेपालमै भएको काभा च्यालेन्ज कपमा भने नेपाल तेस्रो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?