+
+

एसियाडमा एथ्लेटिक्सका दीपक अधिकारीले बनाए राष्ट्रिय कीर्तिमान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १३ गते २१:१२

१३ असोज, हान्झाउ । नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेण्ड मा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।

उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् ।

यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेण्डको ह्याण्ड कीर्तिमान बनाएका थिए । तर इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।

१९औं एसियाडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी समेत बनेका छन् । एसियाडको उक्त प्रतिस्पर्धामा १६ जना सहभागी भएकामा दीपक सातौं स्थानमा रहे ।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु पदक जितेसरह भएको प्रतिक्रिया दिए । ‘यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौ, एकदमै खुशी छौं’, उनले भने ।

खेलाडी दीपक अधिकारीले  आफ्नो मिहिनेतअनुसारको नतिजा आएको बताए । ‘एकदमै खुशी लागेको छ, मिहिनेत अनुसार रिजल्ट आयाे । नियमित प्रशिक्षण भए अझ राम्राे गर्न सकिन्छ’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?