+
+

सडक सचेतना सप्ताह सुरु, गृहमन्त्रीले भने- ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १०:५०

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सो कार्यक्रमको अवसरमा बिहान प्रभातफेरी आयोजना गरिएको छ । दरबारमार्गबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा गरिएको प्रभातफेरीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, यातायात व्यवसायीहरू, अन्य सरोकारवाला र सर्वसाधारणको उपस्थिति थियो ।

राष्ट्रिय सभागृहको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ट्राफिक लाइटको वैज्ञानिक प्रयोग र ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल चलिरहेको जानकारी दिए ।

सडक सुरक्षाको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै हो भन्ने नठानेर चालक र अन्य पक्ष समेत उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । ‘यति समयमा गन्तव्यमा पुग्छौं भन्ने अनुमानलाई सिद्ध बनाउनसक्नु हामी सबैको जिम्मेवारी हो,’ उनले भने ।

मन्त्री श्रेष्ठले सडक दुर्घटनाबाट ठूलो क्षति व्यहोर्नुपरिरहेको भन्दै यो दुःखद स्थिति अन्त्य गर्नुपर्ने बताए । ‘हामीले सडक दुर्घटनाबाट धेरै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । १० वर्षको सशस्त्र संघर्षका क्रममा मृत्युकै कोणबाट जति नेपाली दाजुभाई दिदीबहिनीहरुको मृत्यु हुन पुग्यो, पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा वा त्योभन्दा बढी नै दुर्घटनाबाट मृत्यु भएको छ,’ उनले भने, ‘त्यस प्रकारको कहालीलाग्दो दुःखद् स्थिति आउन नदिनु हामी सबैको गम्भीर जिम्मेवार भित्र पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?