+
+

एमालेको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरू, उडान नहुँदा ओली आउन ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १४:०५

१५ असोज, पोखरा । गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् ।

अधिवेशनका लागि गण्डकी प्रदेशभरिका करिब १ हजार जना प्रतिनिधि पोखरा आइसकेका छन् ।

आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्नेछन् । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?