+
+

कैलालीमा प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १४:३३

१६ असोज, धनगढी । प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।

प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए । शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए ।

खासगरी भुगोलमा बस्ने नेता तथा कार्यकर्तालाई वाइपास गरि अन्यत्र बसोबास गर्नेलाई प्रतिनिधि बनाइएको उनीहरूको आरोप छ । युवा नेताहरूले पार्टी कार्यालयकाे मूल गेटमै तालाबन्दी गरेपछि नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयको कामकाज प्रभावित बनेको छ ।

अगामी असोज २१ र २२ गते हुने एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि सामबार प्रदेशका ८८ स्थानीय तह र ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यसूची थियो तर केही बाहेक अधिकांश ठाउँमा विवाद हुँदा प्रतिनिधि चयनको काम सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?