
१६ असोज काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक लगातार दुई दिन गिरावट भए पनि सोमबार सामान्य सुधार भएको थियो । तर आज मंगलबार फेरि बजार घट्यो ।
गत सातादेखि चलेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाउन समाचारले केही दिन घट्न रोकिएको बजार फेरि घट्न थालेको हो ।
राष्ट्र बैंकले उक्त सीमामा पुनरावलोकन गर्न ढिला गर्दा लगानीकर्ताको निराश बनेका छन् । लगानीकर्तामा निराशा बढ्दा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
मंगलबार बजार परिसूचक नेप्से १७.५६ अंकले गिरावट भएर १९५८.७२ को बिन्दुमा बन्द भएको छ । जुन सोमबारको भन्दा ०.८८ प्रतिशतले गिरावट भएको हो ।
सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक सर्वाधिक १.४७ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य उपसूचक १ प्रतिशत भन्दा बढीले गिरावट भएका छन् ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार डेढ अर्ब देखि २ अर्बको कारोबार भइरहेकोमा मंगलबार १ अर्ब १९ करोड ९१ लाखमा सिमित भएको छ । ५५ हजार ९६ वटा कारोबारमा ३९ लाख ६५ हजार ९१७ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक ५ करोड ६० लाखको कारोबार भएको छ ।
यस्तै एनआईसी एशिया बैंकको ५ करोड ३० लाख रियालयबल लाइफ इन्स्योरेन्सको ३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २३३ सुचिकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १८७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४४ कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको सेयरमूल्य स्थिर छ ।
मंगलबार कारोबार भएकामध्ये समता घरेलु लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशतले वृद्धि हुँदा घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ७.८१ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ६.२२ प्रतिशतले बढेको छ ।
सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.५४ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य ७.०८ प्रतिशतले गिरावट भएको छ । यस्तै सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.४२ प्रतिशतले गिरावट भएको हो ।
प्रतिक्रिया 4