+
+

बक्स अफिस र कलाबीच सन्तुलन मिलाउने स्वस्तिमा (मोडल वाच)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:०४

काठमाडौं । निश्चय नै, स्वस्तिमा खड्काको लागि २०८० साल व्यस्तताको वर्ष हो । यस वर्ष उनको करिअरमा अर्थ राख्ने ठूला फिल्म प्रदर्शन हुने क्रम जारी छ । गत महिना रिलिज भएको ‘ऐंचो पैंचो’ले बक्स अफिसमा उछाल त ल्याएन तर यसले स्वस्तिमाको करिअर ग्राफमा एउटा अध्याय थप्यो ।

लाइनअपमा उनका बहुप्रतीक्षित फिल्म छन् । ‘पशुपतिप्रसाद २ : भष्मे डन’ दशैं र ‘दिमाग खराब’ तिहार छेकोमा प्रदर्शन हुँदैछन् । यी दुवै फिल्ममा उनको शीर्ष भूमिका छ । चरित्र चित्रणका हिसाबले यी दुई फिल्म उनको करिअरमा महत्वपूर्ण हुन सक्छन् । ‘भष्मे डन’लाई त उनले स्पेसल फिल्मको रुपमा बताइसकेकी छन् ।

फिल्मबाहेक स्वस्तिमा विज्ञापनमा समेत व्यस्त छिन् । दशैं-तिहारका विज्ञापनमा व्यस्त हुने कलाकारको अग्रपंक्तिमा स्वस्तिमा छिन् । फेसन कन्सस मानिने उनी ब्राण्ड इण्डोर्समेन्ट गर्नेमध्येकी कलाकार हुन् । डेब्यु फिल्म ‘होस्टेल रिटर्न्स’ नै हिट भएपछि उनले अभिनय करिअरमा पछि फर्किएर हेर्नुपरेन ।

दुई रुपियाँ, छक्कापञ्जा २, नाइँ नभन्नु ल ५, छक्कापञ्जा ३ उनका व्यावसायिक हिट फिल्म हुन् । उनी अभिनित ‘बुलबुल’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । ‘चिसो मान्छे’ फिल्म समीक्षकले निकै प्रशंसा गरेको फिल्ममध्ये एक थियो । जसले स्वस्तिमा गम्भीर फिल्ममा पनि सफल छिन् भन्ने पुष्टि गर्छन् ।

निर्देशक निश्चल बस्नेतसँग विवाहपछि उनले करिअर र दाम्पत्य जीवन दुवैलाई अघि बढाइरहेकी छन् । विवाहको सात वर्षपछि पहिलोपटक निश्चल र स्वस्तिमाले ‘दिमाग खराब’मा सहकार्य गरेका छन् । अनलाइनखबरसँग खिचिएका तस्वीरमा स्वस्तिमा हट एण्ड बोल्ड रुपमा प्रस्तुत छिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?