+
+

संसदमा सांसदको हाजिर १८०, सभामा गन्दा ६६ मात्रै उपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:१८

१६ असोज, काठमाडौं । गणपूरक संख्या नपुगेपछि मंगलबारको प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ ।

मंगलबार एउटा मात्रै कार्यसूची थियो-विद्युत विधेयक पेश गर्ने । तर, पेश गर्नु अगाडि संसदमा गणपूरक संख्याबारे प्रश्न उठ्यो । गन्दा जम्मा ६६ सांसद मात्रै उपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले सदनलाई गराए ।

संसद सचिवालयका अनुसार मंगलबार १८० जना सांसदले उपस्थित भएको हाजिर गरेका छन् ।

कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा कम्तिमा ६९ सांसद उपस्थित हुनुपर्छ ।

हाजिर गरेर सांसदहरु हिडेँपछि गणपूरक संख्या यकिन गर्दा ६६ जना सांसदमात्रै देखिए । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीबाट बाँकी विषय हटाएर बैठक स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक १८ गते दिउँसो १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?