+
+

झापा एफसीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:३५

१६ असोज, काठमाडौं । झापा एफसीले एएफसी ए लाइसेन्स प्रशिक्षक चेतन घिमिरेलाई नेपाल सुपर लिग सिजन २ का लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

झापा एफसीले चेतन घिमिरे अनुबन्ध गरेको जानकारी आफ्नो सामाजिक सञ्जालबाट दिएको हो ।

नेपाली फुटबलका परिचित नाम चेतन घिमिरेले शहीद स्मारक ए डिभिजन लिग २०२३ मा नेपाल पुलिस क्लबलाई तेस्रो स्थान दिलाउनमा निर्णायक भूमिका खेलेका थिए ।

उनको नियुक्तिले टोलीको तयारी र प्रदर्शनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काले बताए ।

‘खेलाडी र प्रशिक्षक दुवैको रूपमा चेतनको अनुभव हाम्रो टोलीका लागि अमूल्य हुनेछ,’ उनले भने, ‘नेपाली फुटबलको विकासप्रतिको उनको समर्पण हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ, र हामी विश्वस्त छौं कि उनले हाम्रो च्याम्पियन हुने लक्ष्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।’

झापा एफसीसँग आवद्ध हुन पाएकामा खुसी लागेको चेतनले बताए । ‘झापा एफसीसँग जोडिन पाउँदा र यो भूमिकाबाट नेपाली फुटबलको विकासमा योगदान गर्न पाउँदा म निकै खुशी छु । नेपाली फुटबल विकासमा लामो समय काम गरेका व्यवस्थापन टिम र यसको भिजन मन परेकोले झापासँग जोडिएको हु । नेपाल सुपर लिगमा टोलीलाई च्याम्पियन बनाउन सक्दो मेहनत गर्नेछु,’ चेतनले भने।

झापा एफसीले आफ्नो मुख्य प्रशिक्षक भने नियुत्त गर्न बाँकी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?