+
+
अपडेट :

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ११:२३

१७ असोज, काठमाडौं । ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।

राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो ।

सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पुर्‍याइएको छ ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकका चालक ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?