
१७ असोज, काठमाडौं । सडक पेटीमा सवारी साधन पार्किङ गर्ने र निर्माण सामग्री थुपार्ने क्रम नरोकिएपछि काठमाडौं महानगरपालिकाले त्यसो नगर्न आग्रहसहितको सूचना बोर्ड राख्न थालेको छ ।
सडकपेटीमा पार्किङ गरिदिँदा र निर्माण सामग्रीहरु थुपारिदिँदा पैदल यात्रुहरुलाई समस्या हुने गरेपछि महानगरपालिकाले सूचना टाँस्न थालेको हो ।
महानगरपालिकाले राखेको सूचना बोर्डमा लेखिएको छ, ‘सडकपेटी पैदल यात्रुहरुको लागि हो । तसर्थ सडकपेटीमा निर्माण सामग्री तथा पार्किङ गर्न सख्त मनाही गरिएको छ ।’
नगर प्रहरीहरु यही सूचना लेखिएको हरियो रंगका बोर्ड भित्ता र पर्खालहरुमा टाँस्दै हिँडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4