+
+
Shares

क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १७:०३

१७ असोज, काठमाडौं । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)सँग आवद्ध छन् भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग आवद्ध छन्। यस्तै एकिमोभ न्यानोक्रिस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आवद्ध छन्।

उनीहरू तीन जनाले धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गरेका थिए। क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?