+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १३:०९

१८ असोज, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एकलाख ७ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य गत आइतबार यता स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?