+
+

एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:३५

१८ असोज, धनगढी । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सिंहले पार्टीका युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताउँदै आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना रहेको दाबी समेत गरे ।

अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीको मूल नेतृत्वले लिएकाे नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवारी भएको बताए ।

एमाले सुदूरपश्चिमको अधिवेशन अगामी असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।

अध्यक्षमा केन्द्रीय सदस्य झपट रावल, लालबहादुर थापा लगायतको चर्चा चलेका बेला उनीहरू प्रतिनिधिमा नआएपछि दोस्रो तहका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र अछामकै अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?