+
+

उत्तेजक अभिव्यक्ति नदिने शर्तमा रिहा भए आचार्य श्रीनिवास

५०० रुपैयाँ जरिवाना तिरेपछि रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १९:०२

१८ असोज, जनकपुरधाम । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरेर रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा वयानका क्रममा श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको स्वीकार गरेका थिए । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’,  श्रीनिवासको वयान उधृत गर्दै धनुषाका डीएसपी रञ्जल अवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?