+
+
Shares

हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १८:५५

१९ असोज, हुम्ला । कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय किसानलगायतको उपस्थिति थियो ।

संयुक्त राष्टसङ्घले सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो दिवसका रूपमा मनाउने आह्वान गरेअनुरुप आयोजित उक्त कार्यक्रममा स्थानीय कृषि उपजको प्रदर्शनी पनि गरिएको थियो ।

कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै मन्त्री शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे । पहाडी भेग र कम पानी पर्ने कमसल जमिनमा पनि कोदोखेती गर्न सकिने भएकाले त्यसतर्फ लाग्न उनले आह्वान गरे।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?