+
+

अपाङ्गता सहायक सामग्री वितरण गर्दै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १९:०९

१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने भएको छ । महानगरका स्थायी र अस्थायी रुपमा बसोबास गर्नै अपाङ्गता भएकाहरुलाई आवश्यक पर्ने सहायक सामग्री सहयोग गर्ने भएको हो ।

महानगरको सामाजिक विकास विभागले अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक आवश्यक पर्ने कृत्रिम खुट्टा, प्रोस्थेसिस, क्यालिपर, अर्थोपेडिक जुत्ता, वैशाखी, एल्वो, वाल्किङ स्टिक, व्हीलचियर, मोविलिटी एड लगायत सहयोग गर्ने जनाएको छ ।

महानगरको सामाजिक विकास महाशाखा प्रमुख गोपाल पोखरेलका अनुसार अपाङ्गता भएका मानिसहरुको लागि बजेटमा घोषणा भएको पहिलो कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट नै सहायक सामग्री दिन लागेको हो ।

नयाँ सहायक सामग्री अन्तर्गत कुल लागतको ३० प्रतिशत लाभग्राहीले बेहोर्नुपर्छ भने पुरानो मर्मत गर्नुपर्नेमा ३५ प्रतिशत मात्रै लाभग्राहीले बेहोर्नुपर्छ ।

यो सेवा लिनको लागि महानगरका स्थायी बासिन्दाको लागि नागरिकताको प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, नाबालकको हकमा जन्म दर्ता, आश्रित भए सम्बन्धित संस्थाको सिफारिस महानगरले मागेको छ । अस्थायी बसोबासको हकमा घरधनीसँगको घर बहाल सम्झौता दिनुपर्ने महानगरले जनाएको छ ।

वडाहरुले सेवाग्राहीको फोटो सहित सामाजिक विकास विभागमा सिफारिस गरेपछि विभागले उपलब्ध गराउने भएको हो । काठमाडौं महानगरपालिकाले विस्तारै अपाङ्गता भएका मानिसहरुलाई राज्यको तर्फबाट अभिभावत्व प्रदान गर्ने कदम अनुरुप सहायक सहयोग कार्यक्रम प्रदान गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?