+
+

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १५:०४

२० असोज, काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ ।

आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ ।

इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन  निर्देशन पनि दिएको छ ।

‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ,’ आईडीएफले विज्ञप्तिमा भनेको छ ।

इजरायल प्यालेस्टाइन क्षेत्रमा इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच सधैंजसो लडाईं हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?