+
+

एसियाडमा रजत जितेकी एरिकाले भनिन् : यो पदक देशका लागि समर्पण गर्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १७:३२
एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ । तस्वीर : गोविन्दराज नेपाल/अनलाइनखबर

२० असोज, हान्झाउ । चीनमा जारी एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङले यो पदक देशका लागि समर्पण गर्न चाहेको बताएकी छिन् ।

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजत पदकमा रोकिएकी थिइन् ।

आफूले सकेको खेल्दै फाइनलसम्म पुगेको र फाइनलमा सकेको जति गरे पनि जित्न नसकेको उनले बताइन् ।

‘मैंले बेस्ट दिएको हो, उसले पनि राम्रो खेल्यो,’ फाइनलमा पराजित भएपछि एरिकाले भनिन्, ‘सायद म चुके होला ।’

उनले भविष्यमा अझ धेरै कडा मिहिनेत गर्न र अझ स्मार्ट बन्ने बताइन् । ‘मैंले हार भन्दा पनि एउटा लेसनको रुपमा लिएको छु,’ उनले भनिन्, ‘यसले मोटिभेसन दिन्छ र सकरात्मक रुपमा लिएको छु ।’

एसियाडको यो यात्रामा आफूमा गर्व लागेको भन्दै उनले यो एउटा खुड्किलो मात्र भएको र अझै धेरै गर्नु पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?