+
+

तुइन चुडिएर कर्णाली नदीमा खस्दा एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते ७:१६

२१ असोज, सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् ।

उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?