+
+

ज्यान मार्ने धम्कीपछि शाहरुखलाई मुम्बई प्रहरीबाट ‘वाई प्लस’को सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते ११:५५

काठमाडौं । बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ । यो श्रेणीको सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा अधिकारी र ५ हतियारसहितका पुलिस शाहरुखसँग २४ घण्टा रहनेछन् । अहिलेसम्म शाहरुखको सुरक्षाका लागि मुम्बई पुलिसका दुईजना कन्स्टेबल हरेक पल साथमा थिए ।

मुम्बई प्रहरीले महाराष्ट्रका सबै पुलिस अधिकारीलाई सूचना जारी गर्दै सबै इकाइ कमाण्डरलाई शाहरुखको भ्रमण र संलग्नताक्षेत्राधिकारहरूलाई एक अधिसूचना जारी गरेको छ जसमा सबै इकाई कमाण्डरहरूलाई शाहरुख खानको भ्रमण र सहभागि हुन ठाउँमा तत्काल वाइ प्लसको सुरक्षा प्रदान गर्न भनिएको छ ।

यी प्रहरी कमाण्डोसँग एमपी-फाइभ मेसिन गन, एके-४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् । प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ ।

सुरक्षा कभरको खर्च शाहरुख खान आफैले बेहोर्नेछन् । यो जानकारी दिँदै प्रहरीले भारतमा निजी सुरक्षाकर्मीलाई आधुनिक हतियार लैजान नदिने बताएको छ । तर, प्रहरीले सुरक्षा जोखिम नरहेसम्म यस्तो सुविधा दिइरहने उल्लेख गरेको छ ।

यसअघि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा प्रदान गरिएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा कभर पाएका छन् जसमा उनीहरूले ३ पीएसओएस पाएका छन् जो उनीहरूसँग तीन सिफ्टमा २४ घण्टा बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?