+
+

अम्बानीको विवाह समारोह बन्यो ‘सेलिब्रेटी इभेन्ट’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:०७

काठमाडौं । भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विवाह ‘सेलिब्रेटी इभेन्ट’ बनेको छ । विश्व पपस्टार रिहानादेखि भारतीय फिल्मका दिग्गजदेखि पछिल्ला पुस्ताका कलाकारको उपस्थितिले मिडियाको ध्यान खिचिरहेको छ ।

अन्तर्राष्ट्रिय फिल्म, संगीत र फेसन मिडियाले अम्बानीको यो प्रि-वेडिङ इभेन्ट्सलाई पछ्याइरहेका छन् । तीन दिनसम्म गुजरातको जामनगरमा चलिरहेको समारोहको पहिलो दिन पपस्टार रिहानाले आफ्नो गायकीले सबैलाई मन्त्रमुग्ध तुल्याइन् । पछिल्लो आठ वर्षमा रिहानाको यो पूर्ण कन्सर्ट रहेको जनाइएको छ ।

विवाह समारोहमा रिहानाको प्रस्तुतिसँगै बलिउडका तीन खान अभिनेता सलमान, शाहरुख र आमिरले पनि प्रस्तुति दिए । रणवीर सिंह, दीपिका पादुकोण, रणवीर कपुर, दिलजीत दोसांझले पनि प्रस्तुति दिए । सम्भवतः भारतीय कलाकार एउटै मञ्चमा देखिएको यो पहिलो अवसर थियो ।

जान्ह्वीले रिहानासँग लिएको सेल्फी र खिचेको डान्स भिडियो समेत भाइरल बनेको छ । सेलिब्रेटी आइकन ओरीलाई रिहानाले अँगालो हालेको भिडियो पनि चर्चित छ । यसबाहेक बलिउडका स्टार किड्सको उपस्थितिले पनि धेरैको ध्यान खिच्यो । जामनगरमा सेलिब्रेटी र हाइप्रोफाइलको यो भव्य उपस्थितिलाई हलिउड मिडियाले पनि स्थान दिएका छन् ।

माइक्रोसफ्ट संस्थापक बिल गेट्स, मेटा संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नीसहित अमेरिकी धनाढ्यहरु पनि यतिबेला भारतमा छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?