+
+

एमाले सुदूरपश्चिमको नेतृत्वमा सहमतिको खाका बनाउने जिम्मा इन्चार्ज विश्वकर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:३६

२२ असोज, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्ने भएको छ ।

आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरू भएको छ ।

बन्द सत्र सुरू हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय मागेका थिए ।

‘महासचिव कमरेडले प्रदेश अधिवेशनमा सहमति कसरी खोज्न सकिन्छ, कसलाई जिम्मेवारी दिँदा पार्टी प्रभावकारी र एकताबद्व हुन्छ भनेर सबैसँग राय, परामर्श गरिरहनुभएको छ,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘उहाँले यो क्षेत्रका सबैजसो नयाँ र पूराना नेताहरूसँग छलफल गर्नुभयो । सहमतिकै प्रयास अन्तर्गत महासचिव सक्रिय बन्नुभएको हो ।’

पोखरेलले नेताहरूसँगको छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका अर्का नेताले अनलाइनखबरलाई बताए ।

‘इन्चार्ज कमरेडलाई सहमतिको खाका बनाउने जिम्मा दिइएको छ । उहाँले तय गरेका खाकामा नेताहरूले छलफल गरेपछि आवश्यक प्रक्रिया थालिनेछ,’ ती नेताले भने ।

उनका अनुसार इन्चार्ज विश्वकर्माले ल्याउने खाकामा सहमति हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने समझदारी नेताहरूबीच बनेको छ ।

एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट पनि सहमतिका अन्तिमसम्म प्रयत्न गरिने बताउँछन् ।

‘सहमतिका लागि अन्तिम समयसम्म कोशिस गरिन्छ । आकांक्षीहरूकाबीचमा कुरा नमिले निर्वाचन प्रक्रियाबाट टुंगो लाग्छ,’ भट्टले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरू दबाबमा परेका छन् ।

आइतबार साँझ बन्द सत्रलाई थाति राखेर नेताहरूले सहमतिका लागि प्रयास गरेका थिए तर आकांक्षीहरूकाबीचमा सहमति हुन सकेको छैन ।

अध्यक्षमा अहिलेका उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्य कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले आकांक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?