+
+

सुदूरपश्चिम एमाले अधिवेशन : अध्यक्षका उम्मेदवार सिंहले पनि लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:०३

२४ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन कमिटिको कार्यालयले सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए । तर पनि अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ ।

साउदसँग पनि संवाद जारी रहेको नेताहरुले बताएका छन् । साउदलाई नेता भीम रावलले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?