+
+

५ कम्पनीको ३ करोड २४ लाख कित्ता आईपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १७:५८

२४ असोज, काठमाडौं । पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

उत्पादन तथा प्रशोधन समूहको जगदम्बा स्टिल सहित ५ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

जगदम्बा स्टिलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता साधराण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापीटललाई नियुक्त गरेको छ ।

यस्तै याम्बालिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

मैबुङ इनर्जी लिमिटेडले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १४ असोजमा बोर्डमा आवेदन दिएको हो । मैबुङ इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडले पनि ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले १९ असोजमा बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?