+
+

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १३:१८

काठमाडौं । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने भएका छन् । सनी लुक्सलाई ध्यानमा राखेर निर्माताले उनलाई यो भूमिकाका लागि प्रस्ताव गरेको जनाइएको छ । यद्यपि यस विषयमा निर्माता र सनीले कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

पिंकभिलाको रिपोर्टअनुसार निर्देशक तिवारी र उनको टोलीले फिल्ममा हनुमानको लागि सनीसँग कुरा गरिरहेका छन् । तिवारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘भगवान हनुमान शक्तिको प्रतीक हुन् । फिल्म इन्डस्ट्रीमा बजरंग बलिको चरित्र फिल्मको पर्दामा सनीभन्दा राम्रो कसैले निर्वाह गर्न सक्दैन ।’

सनीले पनि यो भूमिकामा अभिनय गर्न चासो दिइरहेका छन् । साथै यो भूमिकाका लागि उनी उत्साहित पनि सुनिएका छन् । स्रोतका अनुसार निर्देशक नितेश तिवारी निर्माता अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्रासँग मिलेर हनुमानमाथि छुट्टै फिल्म बनाउन चाहन्छन् । हनुमानको जीवनको अंश रामायणमा धेरै देखाइएको छैन । यही कारणले निर्देशक उनको जीवनमा छुट्टै फिल्म बनाउन चाहन्छन् ।

यो फिल्ममा रामको भूमिकाका लागि रणवीर कपुर पक्का भइसकेका छन् । यदि सनी यस फिल्मको हिस्सा बने भने रणवीर र उनले पहिलो पटक स्क्रिन सेयर गर्नेछन् ।

नितिश तिवारीले यस फिल्ममा माता सीताको भूमिकाका लागि तमिल अभिनेत्री साई पल्लवीलाई कास्ट गर्ने निर्णय गरेका छन् । यो फिल्मबाट नायिकाले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । यसअघि सीताको भूमिकामा दीपिका पादुकोण र त्यसपछि आलिया भट्टलाई कास्ट गर्ने चर्चा थियो । यद्यपि, पिंकभिलाको रिपोर्टअनुसार निर्देशकले आलियालाई यो भूमिका कहिल्यै प्रस्ताव गरेनन् । ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

 दंगल, छिछोरे जस्ता फिल्म निर्देशन गरेका तिवारीले सन् २०२४ को फेब्रुअरीदेखि ‘रामायण’को छायांकन सुरु गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?