+
+

संघीय संसदको अधिवेशन अन्त्य गर्नेबारे सरकार परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:३७

२५ असोज, काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।

नेताहरुका अनुसार असोज २९ गते बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी छ । कतिपयले २६ गतेकै बैठकलाई चालु अधिवेशनको अन्तिम बैठक बनाउनुपर्ने सुझाव दिएका छन् । हिन्दुहरुको ठूलो पर्व दशैंं २८ असोजमा सुरु हुँदैछ । सरकारले यही दिनको आसपासमा संसद अधिवेशन अन्त्य गर्दैछ ।

प्रधानमन्त्रीको सचिवालयले अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।

चालू अधिवेशन गत वैशाख २४ गतेदेखि सुरु भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वको समयका लागि संसदको अधिवेशन अन्त्य हुनेछ । चाडपर्व सकिए लगत्तै हिउँदे अधिवेशन बोलाउने गरी चालू अधिवेशन अन्त्य गर्न लागिएको छ ।

संघीय संसदकै राष्ट्रियसभाको बैठक २६ असोजको शुक्रबार बोलाइएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश गर्ने र विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?