+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संघीय संसदको अधिवेशन अन्त्य गर्नेबारे सरकार परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:३७

२५ असोज, काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।

नेताहरुका अनुसार असोज २९ गते बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी छ । कतिपयले २६ गतेकै बैठकलाई चालु अधिवेशनको अन्तिम बैठक बनाउनुपर्ने सुझाव दिएका छन् । हिन्दुहरुको ठूलो पर्व दशैंं २८ असोजमा सुरु हुँदैछ । सरकारले यही दिनको आसपासमा संसद अधिवेशन अन्त्य गर्दैछ ।

प्रधानमन्त्रीको सचिवालयले अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।

चालू अधिवेशन गत वैशाख २४ गतेदेखि सुरु भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वको समयका लागि संसदको अधिवेशन अन्त्य हुनेछ । चाडपर्व सकिए लगत्तै हिउँदे अधिवेशन बोलाउने गरी चालू अधिवेशन अन्त्य गर्न लागिएको छ ।

संघीय संसदकै राष्ट्रियसभाको बैठक २६ असोजको शुक्रबार बोलाइएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश गर्ने र विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?