+
+

भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो छ : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:२१

२५ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘हामीले बाख्रा उत्पादन गर्‍यौं । खसी बोका उत्पादन गर्‍यौं तर यसको बजार भएन । यसले मूल्य पाएन । बजार भारतको खसी बोकाले कब्जा गर्‍यो’ किसानको भनाइ उद्धउत गर्दै सांसद बर्तौलाले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।

नेपाली बजारमा गएर हेर्दा ६० प्रतिशत भनदा बढी भारतीय खसी बोका रहेको पाइएको भन्दै उनले यो कसरी भयो भनी सरकारले ध्यान दिनुपर्ने बताए ।

भारतबाट आएका खसी बोका रोक्न सीमामा रोक्न उनले माग गरे । भारतबाट आएका अवैध खसी बोका संक्रमित रहेको कतिपयको भनाइ रहेको भन्दै उनले सरकारले यसमा ख्याल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?