+
+

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:५२

२५ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

यो विधेयक प्रतिनिधि सभामा २७ भदौ २०८० मा आएको थियो । विधेयकका सन्दर्भमा सरोकारवालाहरुले चासो राख्दै आएका छन् ।

संविधान कार्यान्वयनसँग जोडेर राजनीतिक दलहरुले पनि यो विधेयकलाई महत्वपूर्ण विधेयकका रुपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?