+
+

कोशीमा कांग्रेसको भँगालो फाट्यो : मीन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:५६

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले कोशीमा सरकार बनाउन चालिएको कदमलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

नेता डा. शेखर कोइराला पक्षका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार कांग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो प्रकरणको गम्भीर समीक्षा हुने बताए ।

पार्टी केन्द्र र प्रदेश संसदीय दलको बैठक बसेर भावी कदमबारे निर्णय लिने नेता विश्वकर्माले बताए । ‘कोशीमा कांग्रेसको भँगालो फाटेको छ । यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ’, विश्वकर्माले अनलाइनखबरसँग भने, ‘छिट्टै बैठक बसेर निर्णय लिन्छौं ।’

कोशी प्रकरणले पार्टीको केन्द्रीय तहमा पनि प्रभाव पर्ने विश्वकर्माको भनाइ छ । नेकपा एमालेसँग मिलेर अर्को पक्षले हस्ताक्षर बुझाउने तहमा जान सक्ने आकलन नगरिएको संस्थापन पक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?