+
+

आफ्नो देशमा हमलापछि युवल नोह हरारी : प्यालेस्टाइनको आँखाबाट हेर्न सक्दिनँ

मध्यपूर्वको सबैभन्दा शक्तिशाली राष्ट्र यस घडीमा सबैभन्दा बढी पीडा भय र र आक्रोशमा रुमल्लिएको छ । प्यालेस्टाइनको आँखाबाट यसलाई नियाल्नका लागि मसँग न त नैतिक अधिकार छ न त कुनै ज्ञान नै ।

युवल नोह हरारी युवल नोह हरारी
२०८० असोज २५ गते २०:३२

इजरायलले हालसालै इतिहासको सबैभन्दा खराब दिनको सामना गरेको छ । एकै दिनमा धेरै इजरायली नागरिक र सैनिकले ज्यान गुमाएका छन् । १९५६ को सिनाइ युद्ध, सन् १९६७ को ६ दिने युद्ध र २००६ को लेबनान युद्ध । संयुक्त हिसाब गर्दा पनि ठूलो मानवीय क्षति एकै दिनमा भयो ।

हमासले कब्जामा लिएका क्षेत्रबाट सार्वजनिक भएका दृश्यहरु निकै बर्बर छन् । मेरै साथी तथा परिवारका सदस्यहरुले अकल्पनीय अत्याचार सहे । प्यालेस्टाइनहरु पनि अहिले उत्तिकै खतरामा छन् ।

मध्यपूर्वको सबैभन्दा शक्तिशाली राष्ट्र यस घडीमा सबैभन्दा बढी पीडा भय र र आक्रोशमा रुमल्लिएको छ । प्यालेस्टाइनको आँखाबाट यसलाई नियाल्नका लागि मसँग न त नैतिक अधिकार छ न त कुनै ज्ञान नै । इजरायलको गहिरो पीडाको घडीमा इजरायली बारबाट वर्तमान परिपेक्ष्य कस्तो देखिन्छ भन्ने चर्चा म गर्दैछु ।

राजनीति अक्सर एक वैज्ञानिक परीक्षण हो । केही नैतिक सीमाहरुको परिधिमा रहेर लाखौँ मानिसमाथि यसको परीक्षण गरिन्छ । समाज कल्याणको बजेट बढाउँदा होस् वा लोकप्रियतावादी राष्ट्रपति छान्दा ।

शान्तिको प्रस्ताव राखेर परिणामको साक्षी बस्दा होस् वा त्यसको विपक्षको बाटो पहिल्याउँदा त्यहाँ परीक्षण नै भइरहेको छ । दशकौँ देखि इजरायल र प्यालेस्टाइन द्वन्दवमार्फत परीक्षण र त्रुटिको शृंखला पछ्याइरहेछन् ।

सन् १९९० मा ओस्लो शान्ति सम्झौता गरेर इजरायलले शान्तिको मौका दिएको थियो । प्यालेस्टाइन दृष्टिकोणबाट त्यस शान्ति सम्झौतालाई अपुरो र आक्रोशयुक्त भनियो । जे भने पनि इजरायलले त्यसबखत अहिलेसम्मकै उदार प्रस्ताव राखेको थियो । त्यस क्रममा इजरायलले गाजा स्ट्रिपको आंशिक भुभाग प्यालेस्टाइन अधिकारीहरुलाइ छाडेको थियो । त्यसको बदलामा इजरायलले हालसम्म पनि त्रासदीको अनुभव गरिरहेछ ।

सन् २००० को त्रासदी इजरायली मानसपटलमा अझै पनि छ । त्यस्ता धेरै पटक रेस्टुरेन्टहरुमा आक्रमण भए । शान्ति सम्झौताको उल्लंघन गर्दै भएका हमलामा सयौँ इजरायली नागरिकले ज्यान गुमाए । इजरायलको शान्ति प्रस्ताव त्यति उदार थिएन भन्न सकिएला । तर त्यसको विरोधको विकल्प के आतंकवाद नै थियो त?

शान्ति सम्झौता विफल भएपछि इजरायलले गाजाबाट पछि हट्ने अर्को परीक्षण गर्‍यो । २००० को मध्यतिर इजरायल गाजा स्ट्रिपबाट फर्कियो । त्यहाँ खडा गरिएका संरचना भत्काउँदै १९६७ अघिको सीमामा उ फर्कियो । यो सत्य हो उसले वेस्ट बैंक कब्जाका लागि गाजा स्ट्रिपमा आंशिक नाकाबन्दी गरेको थियो । गाजाबाट फिर्ता हुनु इजरायलले चालेको महत्वपूर्ण कदम थियो ।

गाजाबाट पछि हट्ने परीक्षणको नतिजा इजरायलले उत्सुकताका साथ प्रतिक्षा गरेको थियो । इजरायलको अपेक्षा प्यालेस्टाइनले गाजालाई शान्तिपूर्ण र समृद्ध सहर बनाउला भन्ने थियो । अवसर दिएको खण्डमा प्यालेस्टाइनले केही गरेर देखाउनेछन् भन्ने अपेक्षा इजरायलले राखेको थियो । गाजा मध्यपुर्वको सिंगापुरझैँ बन्ने संभावना थियो । प्यालेस्टाइन स्वयंलाइ शासन गर्न दिँदा यो सपना साकार होला भन्ने अन्तर्राष्ट्रिय समुदाय र इजरायलको विश्वास थियो ।

आशिंक प्रतिबन्धको अवस्थामा गाजालाइ सिंगापुर बनाउनु कठिन नै थियो । तर त्यसका लागि इमान्दार प्रयत्नको थालनीका लागि केहीले रोक्दैनथ्यो । इमान्दार प्रयत्नको थालनी भएको अवस्थामा इजरायली सरकारलाइ प्रतिबन्ध हटाएर वेस्ट बैंकको सवालमा पनि सम्मानजनक सहमतिको वातावरण बन्नेथियो ।

शान्ति र समृद्धिको विकल्प हुँदा हुँदै हमासले गाजा स्ट्रीपलाइ आतंकवादको अखडा बनायो । इजरायली नागरिकलाइ निशाना बनाउँदै उसले हमला सुरु गर्‍यो । अन्तत इजरायलको अर्को परीक्षण असफल भयो ।

यो विकल्प पनि असफल भएपछि इजरायलका वामपन्थी बदनाम भए । उनीहरुको सामु बेन्जामिन नेतान्याहु र आक्रामक सरकार ल्याउनुको विकल्प भएन । नेतान्याहुले अर्को परीक्षण गरे । शान्तिपूर्ण सहअस्तित्व असफल भएपछि उनले हिंसात्मक नीति रोजे । इजरायल र हमास साप्ताहिक रुपमा भिड्न थाले । प्रत्येक वर्ष सैन्य अपरेशन चल्न थाल्यो । दशकसम्म यो श्रृंखला जारी रह्यो ।

हमासका अखडा वरपर रहेका इजरायलीहरु निकै त्रासमा बाँचे । इजरायलका उत्तेजक केही नेताहरुले गाजालाई पनि जित्न सकिने जोश देखाए । वामपन्थीहरुले २० लाख मानिसप्रतिको जिम्मेवारीका कारण हमासलाइ जिम्मेवार र नरम बनाउन सकिने अभिलाषा राखे ।

इजरायली वामपन्थीहरुले प्यालेस्टाइनी अधिकारीको राम्रो विकल्पका रुपमा हमासलाइ देख्न थाले । किनभने नेतान्याहु सरकार वेस्टबैंकमा प्रभाव बढाउन चाहान्थ्यो । वेस्ट बैंकतर्फ प्रभाव विस्तार गर्दाको नतिजा नेतान्याहु सरकारले हाल व्यहोरेको छ । हमासमा इजरायलको हमलाले नेतान्याहुको हिंसात्मक नीतिको परीक्षण पनि असफल भएको देखाइसकेको छ ।

अबको विकल्प के हो त? यो प्रश्न तेर्सिरहँदा विकल्पबारे कसैले निर्धक्क रुपमा भन्न सक्ने स्थिति छैन । तर इजरायल अहिले गाजालाइ नियन्त्रणमा लिनका लागि त्यसलाइ भग्नावशेष गराउन अघि बढेको छ । यस्तो नीतिले खराब मानीय संकट निम्त्याउनेछ ।

गाजाले संभवत १९४८ पछिकै खराब अवस्थाको सामना गर्नेछ । यदि हिज्बुल्ला र प्यालेस्टाइन फौज वेस्टबैंकतर्फ अघि बढेमा हजारौँ मानिसहरुको ज्यान जानेछ । लाखौँ मानिस विस्थापित हुनेछन् । सन् १९४८ पछिकै खतरनाक युद्धका लागि दुबैतर्फका धार्मिक कट्टरपन्थीहरु इश्वरीय प्रतिज्ञा सहित उत्रिएका छन् । प्यालेस्टाइनहरु यसको नतिजा आफ्नो नतिजामा पार्न चाहन्छन् ।

यता यहुदी अतिवादीहरु पनि अरबीलाइ निमिट्यान्न पार्ने अभिव्यक्ति दिइरहेका छन् । इजरालयका अर्थमन्त्री बेजालिल स्मोरिचले निकै उत्तेजक अभिव्यक्ति दिँदै भनेका छन्- ‘सन् १९४८ मा मौका दिएर गल्ती गरियो । यिनीहरुको सफाया त्यस बैले हुनुपर्नेथियो ।

वर्तमान युद्धले प्यालेस्टाइन र इजरायलबीचको शान्ति प्रक्रियाको कफिनमा अन्तिम किल्ला ठोक्नेझैँ देखिन्छ । गाजा सीमानामा रहेका किब्बुज्जिमहरु शान्तिको पक्षमा थिए । गाजाबाट रकेट बारम्बार हमला हुँदा पनि शान्तिको आशामा बसेका थिए । अब त उनीहरुको आशा पनि मरिसक्यो । शान्तिवादीहरु मारिए । उनीहरुका आफन्तहरु गाडिए । केही त गाजामा बन्धक बनाइए ।

जे भइसक्यो त्यसलाइ उल्टाउन सकिँदैन । मरेकाहरुको जीवन फर्काउन सकिँदैन र व्यक्तिगत चोट कहिल्यै पुर्ण रुपमा निको हुनेछैन । तर थप तनावपूर्ण स्थिति नियन्त्रण गर्नैपर्छ । यस क्षेत्रमा खटिएका लडाकु बल गैर जिम्मेवार धार्मिक कट्टरपन्थीको नेतृत्वमा छन् । त्यसैले बाह्य शक्तिले तनाव बढ्न नदिन हस्तक्षेप गर्नैपर्ने अवस्था छ ।

शान्तिको पक्षमा उभिने चाहना राख्नेहरुले हमास अत्याचारको प्रखर निन्दा गर्नैपर्छ । हमासलाइ बन्धक रिहाका लागि दबाब दिनैपर्छ । हिज्बोल्लालाइ पछि हटाउन इरानलाइ दबाब दिनैपर्छ । यसले इजरायलीलाइ थोरै भएपन आशा जगाउनेछ ।

दोस्रो कुरा, अमेरिका, युरोपेली युनियन र साउदी अरब देखि प्यालेस्टाइन गठबन्धनले गाजाबाट हमासलाइ पछि हटाउँदै हमास र गाजा स्ट्रीपलाइ निशस्त्रीकरण गर्नुपर्छ । हालैको स्थितिमा यो कदम साकार हुने संभावना न्यून छ ।

विश्वप्रसिद्द पुस्तक स्यापियन्सका लेखक हरारीले द गार्जियनमा लेखेको लेखकोअनुवाद ।

लेखकको बारेमा
युवल नोह हरारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?