+
+

तनहुँमा डेङ्गुबाट ६ वर्षीय बालकको मृत्यु

रासस रासस
२०८० असोज २६ गते १२:१२

२६ असोज, दमौली (तनहुँ)  । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए ।

६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?